नेप्से एक दशमलव ९४ अंकले बढ्यो, नौ वटा कम्पनीको मूल्यमा सर्किट

२१ बैशाख २०७८, मंगलवार १७:१३

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार थोरै अंकल मात्र बढेको छ । यद्यपि आज नौ वटा कम्पनीहरुको मूल्य उच्च अंकले बृद्धि हुँदा सकारात्मक सर्किट लागेको छ ।

आज पुँजी बजारमा नेप्से परिसूचक १.९४ अंकले बढेर २६५४.६९ मा कायम भएको छ । मंगलबार २१३ कम्पनीले एक करोड ३० लाख १५ हजार १८३ कित्ता शेयर किनबेच गर्दा ६ अर्ब ५२ करोड २३ लाख ६ हजार ८११ रुपैयाँको कारोबार गरेको हो । नेप्से झिनो रुपले बढेपनि कारोबार भने घटेको छैन । कोरोना महामारीमा सर्वसाधारणले घरैबाट कारोबार गर्दा यति धेरै कारोबार भएको हो ।

त्यस्तै, मंगलबार नौ वटा कम्पनीको मूल्यमा सर्किट लागेको छ । समता लघुवित्त, महिला लघुवित्त, बिशाल बजार कम्पनी, रुरु हाइड्रोपावर, सपोर्ट लघुवित्त, राधी हाइड्रोपावर, सिंघटी हाईड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, पाँचथर हाइड्रोपावरको शेयर मूल्यमा सर्किट लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*