नेप्से परिसूचक ५ अंकले घट्दा १२ कम्पनीको शेयर मूल्य सर्किट लागेर बढ्यो

२२ बैशाख २०७८, बुधबार १५:१९

काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेन्जमा नेप्से परिसूचक ५.०९ अंकले घटेर २६४९.६० कायम भएको छ । व्यापार, जलविद्युत, निर्जिवन बीमा, फाइन्स कम्पनी समुह बाहेकका सबै समुहको मूल्य परिसूचक घटेको छ ।

साताको चौथो दिन नेपाल स्टक एक्सचेन्जमा २१८ कम्पनीले एक करोड ४८ लाख ६७ हजार ९९५ कित्ता शेयर किनबेच गर्दा छ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३ रुपैयाँको कारोबार भएको छ ।

बुधबार रिढी हाइड्रोपावर,रैराङ हाइड्रोपावर, बिशाल बजार कम्पनी, महिला लघुवित्त, सिंगटी हाइड्रोपावर, चिलिमे जलविद्युत, समता लघुवित्त कम्पनी लगायतका एक दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*