यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

२२ बैशाख २०७८, बुधबार १५:२५

काठमाडौं । साताको चौथौे दिन आज दिनभरिमा २ सय १८ वटा कम्पनीको १ करोड ४८ लाख ६७ हजार ९ सय ९५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २१ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै प्रभु लाइफ इन्स्योरेन्सको संस्थापक शेयरको २३ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआईसी एशिया लघुवित्तको २२ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नेपाल केड्रिट एण्ड कर्मश बैंक, अपी पावर, जनउत्थान समुदायिक लघुवित्त, अरुण काबेली पावर, निफ्रा, गरिमा विकास लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी र छिमेक लघुवित्तको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*