प्रभु इन्स्योरेन्सको बुक क्लोज बैशाख २६ गते, आजसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउने

२३ बैशाख २०७८, बिहीबार १०:३७

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आह्वान गरेको साधारण सभा प्रयोजनको लागि बैशाख २६ गते नेप्सेमा बुक क्लोज हुँदैछ । १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम हो ।

कम्पनीले बैशाख २६ गतेदेखि जेठ ६ गतेसम्म बुकक्लोज मिति तय गरिसकेको छ । भोलि शुक्रबार शेयर कारोबार नहुने तथा २५ गते शनिबार परेकोले बैशाख २३ गते ३ बजेसम्म शेयर खरिद गरेका शेयरधनीहरु आगामी २५ औं बार्षिक साधारणसभामा भाग लिन तथा १० प्रतिशत बोनस शेयर लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*