१८ अंक घट्यो नेप्से, कारोबार छ अर्बमाथि

२६ बैशाख २०७८, आईतवार २०:०४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १८.५६ अंक घटेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक २६१८.५६ विन्दुमा झरेको छ । नेप्सेमा आइतबार अधिकांश सूचकहरु नकारात्मक छन् । सेन्सेटिभ इण्डेक्स २.३१ अंक, फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५४ अंक घटेको छ।

आइतबार पुँजि बजारमा २१९ कम्पनीको ७५ हजार ४६ वटा कारोबार मार्फत कूल छ अर्ब १४ करोड ८९ लाख ६६ हजार रुपैयाँ बराबरको १ करोड २७ लाख २८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*