नेप्से आज सर्वाधिक कारोबार गर्ने १० कम्पनीको सूचि यस्तो, नेपाल पुनर्बीमा कम्पनी किन सबैभन्दा माथि ?

४ जेष्ठ २०७८, मंगलवार १५:५६

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार आज पनि सर्वाधिक भएको छ । एक सातादेखि सर्वाधिक कारोबारको पहिलो नम्वरमा रहेको पुनर्बीमा कम्पनीबाट कुनै सूचना चुहिएपछि त्यसरी कारोबार भइरहेको अनुमान छ । त्यसो त बजारमा बोनस तथा हकप्रद जारी गर्ने सम्बन्धी हल्लाहरु नचलेका होइनन् ।

मंगलबार पुनर्बीमा कम्पनीको ६७ करोड ९२ लाख २९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै दोस्रो नेपाल नम्वरमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । सो कम्पनीको आज एकै दिन ३१ करोड ५६ लाख ५२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै तेस्रोमा अरुण कावेली पावर रहेको छ । सो कम्पनीको ३१ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आईएमई जनरल इन्स्योरेन्स कम्पनीको ३० करोड रुपैयाँको शेयर खरिद बिक्री भएको छ भने नागरिक लगानी कोषको २७ करोड रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*