राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था संचालनमा थप कडाई गर्दै, उपत्यकामा सिमित शाखा मात्र खोल्न पाउने

१० जेष्ठ २०७८, सोमबार १५:०९

काठमाडौं । नेपाल राष्ट्र बैंकले निषेधाज्ञामा पनि कोरोना संक्रमण नघटेका कारण बैंक तथा वित्तीय संस्था संचालनमा थप कडाई गरेको छ । वैशाख १६ गते सुरु गरिएको निषेधाज्ञा आजसम्म आइपुग्दा पनि कोरोना संक्रमण कम नभएको कारण राष्ट्र बैंकले थप कडाई गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकले आज (जेठ १० गते) एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाले उपत्यकामा सिमित शाखा कार्यालय मात्र खोलेर सेवा दिन पाउने नियम बनाएको छ । राष्ट्र बैंकका अनुसार निशेधाज्ञा अवधिभर वाणिज्य बैंकहरुले काठमाण्डौमा तीनवटा, भक्तपुरमा २ वटा र ललितपुरमा एउटा गरी उपत्यकामा जम्मा ६ वटा मात्र शाखा कार्यलय खोल्न पाउने छ ।

त्यस्तै विकास बैंकहरुले पनि काठमाण्डौमा दुई, भक्तपुरमा एक र ललितपुरमा एउटा गरी ४ वटा शाखा खोल्न पाउनेछन् भने फाइनान्स कम्पनीले तीनवटै जिल्लामा एक एकवटा गरी उपत्यकामा जम्मा ३ वटा शाखा कार्यलय खोल्न पाउने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । बैंक तथा वित्तीय संस्थाको केन्द्रिय कार्यलयहरु भने खुल्ला रहने जनाइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*