प्रभु बैंकको ऋणपत्र बिक्री खुला, ८.५ प्रतिशत ब्याजदर पाईने

११ जेष्ठ २०७८, मंगलवार ११:४८

काठमाडौं । प्रभु बैंकले आजदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ ।बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो ।

यसमध्ये २५ सय इकाई ऋणपत्र म्युचुअल फन्डलाई बाँडफाँड भइसकेको छ भने २४ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । सर्वसाधारणल बाँकी रहेको १५ लाख ७७ हजार ५०० इकाईमो आवेदन दिन पाउनेछन्।

बेंकले १० वर्ष अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ जारी गर्न जारी गरेको हो । यसमा वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर दिने भएको छ ।
बैंकको ऋणपत्र बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गरेको छ । प्रभु बैंकको ऋणपत्रमा जेठ १६ गतेसम्म आवेदन दिन पाइनेछ । इच्छुक न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म यस ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*