लक्ष्मी लघुवित्तको ब्याजमा १० प्रतिशत छुट

११ जेष्ठ २०७८, मंगलवार १३:४५

काठमाडौं । लक्ष्मी लघुवित्तले देशैभर फैलिरहेको कोरोना नयाँ भेरियन्टको कारणले ग्राहक सदस्यको नियमित व्यापार, व्यवसाय र रोजगारीमा परेको प्रतिकुल असरलाई मध्यनजर गर्दै कर्जाको ब्याजदरमा १० प्रतिशत छुट व्यवस्था गरेको छ ।

लघुवित्तले कर्जाको ब्याज रकममा १० प्रतिशत छुट उपलब्ध गराई हर्जाना सम्बन्धी व्यवस्थालाई हटाउने निर्णय गरेको हो । महामारीको समयमा ग्राहक सदस्यलाई केही वित्तीय राहत उपलब्ध होस् भन्ने उद्देश्यले १० प्रतिशत व्याज छुट र हर्जाना हटाउने निर्णय लघुवित्तले गरेको हो ।

कम्पनीले २०७८ असार मसान्तसम्म भुक्तानी गर्नु पर्ने साँवा र ब्याज बुझाएमा भुक्तानी गरेको ब्याज रकममा १० प्रतिशत छुट दिने जनाएको हो । लक्ष्मी लघुवित्तका अनुसार ब्याज तथा हर्जाना ब्याज छुट सम्बन्धी व्यवस्था २०७८ जेठ १ गते देखि लागु भई २०७८ असार मसान्त सम्मको लागि कायम रहनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*