राष्ट्र बैंकले नागरिक बचतपत्र जारी गर्ने, ६–६ महिनामा ब्याज पाइने

११ जेष्ठ २०७८, मंगलवार १४:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ । बैंकले ९ प्रतिशत ब्याज दिनेगरी नागरिक कुल २ अर्बको बचतपत्र जारी गर्ने भएको हो ।

बैंकले जारी गर्न लागेको बचतपत्र ५ वर्षे अवधिको हुनेछ । उक्त बचतपत्रमा लगानी गरेपछि ६–६ महिनामा ब्याज पाइने बैंकले जनाएको छ ।बैंकका अनुसार कम्तीमा १० हजार रुपैयाँ र त्यसपछि १० हजारले भाग जाने अंकमा लगानी गर्न सकिन्छ । यस्तो बचतपत्र बैंक तथा वित्तीय संस्थामा धितो राखेर आवश्यक परेको खण्डमा ऋण पनि लिन पाइन्छ ।

मंगलबार देखि असार १ गतेसम्म यस बचतपत्रका लागि आवेदन दिन सकिनेछ । ५ वर्षपछि यसको लगानी फिर्ता हुने बैंकले जनाएको छ ।

 

आवेदन दिने विधि ः
नेपाल राष्ट्र बैंकले जारी गरेको यस बचतपत्रमा राष्ट्र बैंकको वेबसाइटमा गई ‘पब्लिक डेप्ट’ मा गई आवेदन फारम डाउनलोड गर्न सकिन्छ । साथै विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुमा समेत फाराम उपलब्ध गराइनेछ ।

सो फारम भरेर बैंक तथा वित्तीय संस्थाका शाखा वा राष्ट्र बैंकका प्रदेश कार्यालयमा पनि बुझाउन सकिन्छ । आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्र, नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी पेश गर्नुपर्नेछ ।

त्यस्तै लेखपढ गर्न नजान्ने व्यक्तिले आवेदनका साथ २ प्रति पासपोर्ट साइजको फोटो समेत पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*