आज कुन कुन कम्पनीमा लाग्यो सर्किट ? कसले कमाए, कसले गुमाए ?

११ जेष्ठ २०७८, मंगलवार १५:०९

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्जमा चार कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । शेयरको औषम मूल्य र कारोबार दुवै घट्दा पनि बरुण हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, युनिभर्सल पावर कम्पनी र घलेम्दी हाइड्रोपावरको शेयर मूल्यमा पोजेटिभ सर्कि लागेर बृद्धि भएको छ ।

त्यस्तै सर्वाधिक मूल्य बृद्धि हुने कम्पनीहरुमा दिव्यश्वरी हाइड्रोपावर, अरुण कावेली हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रोपावरको मूल्य उच्च अंकले बृद्धि भएको छ ।


आज कुनै पनि कम्पनीका लगानीकर्ताले साढे तीन प्रतिशतले भन्दा बढि गुमाउनु परेको छैन । आज नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ३.१० प्रतिशत गुमाएका छन् । त्यस्तै एनएमबी बैंक डिबेन्चरका लगानीकर्ताले २०८५ ले २.९० प्रतिशत गुमाएका छन् भने लुम्बिनी विकास बैंकका लगानीकर्तारुले २.६७ प्रतिशत गुमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*