नेप्से ८ अंकले घट्यो, जीवन बीमा समूहको सर्वाधिक कारोबार

११ जेष्ठ २०७८, मंगलवार १५:२१

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से ६ दशमलव ५० अंकले घटेको छ । आज नेप्से ६.५० अंकले घटेर २८१६.५६ विन्दुमा पुगेको छ । हिजोको तुलनामा आज नेप्से घटेको हो । सोमबार नेप्से ३.०७ अंकले बढेको थियो ।

आज २१९ कम्पनिले दुई करोड ३४ लाख ३० हजार ३३३ कित्ता शेयर किनबेच गर्दा ११ अर्ब ११ करोड ४३ लाख ५१ हजार ७८३ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से समूहमा रहेका १३ उपसमूहमध्ये ६ समूह बाहेक अन्य सबै समूह राताम्य भएको छ । सबैभन्दा सर्वाधिक जीवन बीमा समूह ४३१.५९ अंकले उच्च कारोबार भएको छ । त्यस्तै, निर्जिवन समूहमा २५३.०९ अंकले बढेर कारोबार भएको हो । त्यसपछि जलविद्युत् समूहमा ६४.५५ अंक, उत्पादन समूहमा ४०.२५ अंक, लघुवित्त समूहमा २.३१ अंक, म्युचुअल फण्डमा ०.०२ अंकले बढेर हरियाली कायम भएको हो ।

त्यस्तै अन्य सात समुह भने आज राताम्य भएको छ । बैकिङ समूहमा २५.५७ अंक, होटल तथा पर्यटन समूहमा २७.८९ अंक, विकास बंैक समूहमा ५३.४८ अंक, वित्त समूहमा १.७४ अंक, उत्पादन तथा प्रशोधन समूहमा २२.५१ अंक, अन्य समूहमा २९.१२ अंक र लगानी समूहमा १.१७ अंकले गिरावट आएर राताम्य भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*