८ बीमा कम्पनी सर्वाधिक कारोबार भएका १० कम्पनीको सूचिमा, एशियन लाइफ, युनाइटेड र प्राइम लाइफ चम्किए

११ जेष्ठ २०७८, मंगलवार १५:३२

काठमाडौं । कारोबार र समग्र मूल्य परिसूचक दुवै घटेको नेप्सेमा साताको तेस्रो दिन मंगलबार १० सर्वाधिक करोबार हुने कम्पनीमा आठ वटा बीमा कम्पनी परेका छन् । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण कावेली हाइड्रोपावर परेको छ । सो कम्पनीको ३३ करोड ८३ लाख ३७ हजार ५८९ रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार बीमा कम्पनीमा एशिन लाइफ इन्स्योरेन्स कम्पनी परेको छ । शीर्षस्थानमा दोस्रो स्थानमा रहेको कम्पनीको आज एकै दिन ३३ करोड सात लाख २५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै १ः१ बोनस शेयर दिने घोषणा गरेको हाइड्रो इलेक्ट्रीसिटीको ३० करोड तीन लाख रुपैयाँको शेयर कारोबार भएको छ । दुई वटा जल विद्युत कम्पनी बाहेक आठ वटा बीमा कम्पनीको सबैभन्दा उच्च शेयर कारोबार भएको हो ।


सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको आज मात्रै २९ करोड १७ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको २७ करोड ८५ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको २६ करोड १८ लाख रुपैयाँको शेयर कारोबार हुँदा आजको कारोबारको आधारमा ७ औं स्थानमा रहेको युनाइटेड इन्स्योरेन्स कम्पनीको २४ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

गत साताभरि नै उच्च बिन्दुमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २३ करोड ९३ लाख रुपैयाँको कारोबार हुँदा आईएमई जनरल इन्स्योरेन्स कम्पनीको २० करोड ५६ लाख रुपैयाँ र प्रामइ लाइफ इन्स्योरेरन्स कम्पनीको १९ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*