शेयर धितोमा ऋण प्रवाह कडाई गर्ने राष्ट्र बैंकको निर्णय, एकीकृत निर्देशिका जारी

११ जेष्ठ २०७८, मंगलवार १६:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो राखेर हुने ऋण प्रवाहमा कडाई गरेको छ । राष्ट्र बैंकले आजै एकीकृत निर्देशिका जारी गर्दै शेयर धितोमा ऋण प्रवाह गर्दा कडाई गरेको हो । शेयरको उच्च मूल्यबृद्धिसँगै अर्र्बौ रुपैयाँ ऋण शेयर धितोमा जाने देखेपछि केन्द्रीय बैंकले कडाई गरेको कार्यकारी निर्देशक देव कुमार ढकालले बीमा पोष्टलाई जानकारी दिए । पछिल्लो समय शेयरको मूल्य लगातार बढिरहेको सन्दर्भमा केन्द्रीय बैंकले शेयर धितोमा प्रवाह हुने ऋणमा थप कडाई गरेको हो ।

यसअघि १२० दिनको औषत मूल्य वा प्रचलित बजार मूल्य, जुन कम हुन्छ, सोही मूल्य ७० प्रतिशतसम्म ऋण प्रवाह गर्न पाइने व्यवस्थालाई संशोधन गर्दै १८० दिन अर्थात छ महिनाको औषत मूल्य निकालेर मात्रै शेयर धितोमा ऋण लिन पाइने भएको छ । नयाँ व्यवस्थासँगै थुप्रै आईपिओका धनीहरुले ऋण नपाउने भएका छन् ।


केन्द्रीय बैंकले आज जारी गरेको एकीकृत निर्देशिकामा बैंकहरुलाई ब्याजदर निर्धारणमा निश्चित मापदण्डहरु तोएिको छ । त्यस्तै कोरोना महामारीमा जारी निषेधाज्ञा खुल्ला भएको थप ७ दिनसम्म ऋणीले किस्ता तथा ब्याज भुक्तानी गर्दा कुनै पनि प्रकारको अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*