एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम

१३ जेष्ठ २०७८, बिहीबार ११:५४

काठमाडौं । एनएमबि बैंकको १५ वर्षे अवधिको १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम रहेको छ। आज कार्यालय अवधिभर मात्र कम्पनीको ऋणपत्रमा आवेदन दिन पाउनेछन् ।

बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२÷९३’ नामको ऋणपत्र बिक्रीमा ल्याएको थियो।
बैंकले निष्काशन गरेको प्रतिकित्ता १ हजार दरको कुल १५ लाख कित्ता ऋणपत्रमध्ये ९ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने र बाँकी ६ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गर्ने क्यापिटलले जनाएको छ।

जसमा ५ प्रतिशतका दरले ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी ५ लाख ७० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन भने ऋणपत्र खरीदका लागि छिटोमा जेठ १२ र ढिलोमा जेठ २३ गतेसम्म आवेदन दिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*