नेप्सेमा ऐतिहासिक रेकर्ड, एकै दिन १५ अर्बको शेयर कारोबार, लघुवित्तको शेयरमा पहिरो

१३ जेष्ठ २०७८, बिहीबार १५:१०

काठमाडौं । साताको अन्तिम दिन बिहिवार एकै दिन झण्डै १५ अर्बको शेयर कारोबार भएको छ । बिहिवार नेपाल राष्ट्र बैंकको निर्देशनको प्रभाव शेयर बजारमा पर्दा लघुवित्त कम्पनीको शेयरमा पहिरो गएको छ । कारोबार रकमको आधारमा आज सबैभन्दा उच्च भई नेप्सेमा नयाँ रेकर्ड कायम भएको हो ।

बिहिवार शेयर मूल्य लगभग स्थीर रहेर कारोवार भएको छ । नेप्से परिसूचक १.२ अंकले घटेर २८१५.४७ को बिन्दुमा उभिएको छ । लघुवित्त कम्पनीहरुको मूल्य उच्च बिन्दुले घट्दा ३.४१ प्रतिशतले गिरावट आएको छ ।

आज कूल १४ अर्ब ७६ करोड ८८ लाख आठ हजार ४९२ रुपैयाँको शेयर कारोबार भएको छ । साताको अन्तिम दिन अधिकांश जलविद्युत कम्पनीको शेयर मूल्य अंक अंकले बृद्धि भएको छ । पाँच वटा जलविद्युत कम्पनीको सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
बिहिवार कूल चार करोड १८ लाख १३ हजार ९९४ कित्ता शेयर खरिद बिक्री भएको छ । बिहिवार कूल २१५ वटा कम्पनीको शेयर खरिद बिक्री भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*