राष्ट्र बैंकको कडाईपछि घट्यो लघुवित्तको शेयर, यी हुन उच्च अंकले गुमाउने शीर्ष १० कम्पनी

१३ जेष्ठ २०७८, बिहीबार १५:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई दिन पहिलो सार्वजनिक गरेको एकीकृत निर्देशिकाको असर शेयर बजारमा प्रत्यक्ष रुपमा परेको छ । आज अधिकांश लघुवित्तको शेयर घटेको छ । आज जलविद्युत क्षेत्रको समग्र मूल्य सूचांक ३.४१ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जमा आज सर्वाधिक गुमाउने १० कम्पनीको सूचिमा सबै लघुवित्त कम्पनी परेका छन् । लगानीहरुमा लघुवित्तको सेयरमा आकर्षण ह्वात्तै घटेको छ । बजारमा लघुवित्तको सेयर खरिद गर्न चाहनेभन्दा बेच्नेको संख्या बढी भएपछि ती कम्पनीहरूको सेयर मूल्यमा एकैदिन सय रूपैयाँभन्दा बढीले तल झरेको छ । यद्यपि अधिकांश कम्पनीहरु साढे ५ प्रतिशतभन्दा माथि गएर घटेका भने छैनन् ।

आज बजारमा लघुवित्तको शेयर खरिद गर्ने भन्दा बिक्री गर्नेको संख्या निकै उच्च थियो । केन्द्रीय बैंकले बाणिज्य बैंकहरुलाई लघुवित्तको शेयरमा लगानी गर्न कडाई गरेको थियो । सोही नीतिको प्रभाव आजको शेयर बजारमा देखिएको हो ।


बिहिवार उच्च अंकले मूल्य घट्ने १० लघुवित्त कम्पनीहरुको सूचिमा सबैभन्दा शीर्ष स्थानमा समता लघुवित्त छ । सो कम्पनीको मूल्य प्रतिकित्ता ९२ रुपैयाँले घटेको छ । दोस्रोमा मेरो माइक्रोफाइनान्स छ । सो कम्पनीको ९० रुपैयाँले घटेको छ । तेस्रोमा रहेको एनएमबी माइक्रोफाइनान्स लघुवित्तको शेयर ७६ रुपैयाँले घटेको छ । त्यस्तै, एनआईसी एसिया लघुवित्तको शेयर मूल्य ८५ रुपैयाँले घटेको छ भने नेरुडे लघुवित्तको मूल्य ८५ रुपैयाँले नै घटेको छ ।

त्यस्तै, नेप्सेमा आज सर्वाधिक गुमाउने १० कम्पनीको सूचिमा पर्ने अन्य लघुवित्त कम्पनीहरुमा सूर्यादय, ८६ रुपैयाँ, सिभिल लघुवित्त६९ रुपैयाँ, आरम्भ लघुवित्त ७७ रुपैयाँ, ग्रामिण विकास लघुवित्त ५९ रुपैयाँ र गणपति लघुवित्त ८० रुपैयाँले घटेका छन् ।

आज सर्वाधिक कमाउनेहरुमा सबै जलविद्युत कम्पनीहरु रहेका छन् ।

One thought on “राष्ट्र बैंकको कडाईपछि घट्यो लघुवित्तको शेयर, यी हुन उच्च अंकले गुमाउने शीर्ष १० कम्पनी

  1. Share holder says:

    per kitta rs 100 ma aayo bhane majja huncha ek patak feri

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*