सिद्धार्थ र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन

१४ जेष्ठ २०७८, शुक्रबार १०:१४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज दुई बीमा कम्पनीको शेयर मूल्य समायोजन गरेको छ ।

नेप्सेले आज जनाए अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन गरी १३५० रुपैयाँ प्रतिकित्ताबाट १२०५ रुपैयाँमा झारेको छ । कम्पनीले वितरण गर्न लागेको १२ प्रतिशत बोनस शेयरसहित कूल १५.७८ प्रतिशत लाभांशपछि कम्पनीको शेयर मूल्य समायोजन भई प्रतिकित्ता १४५ रुपैयाँ तल झारेको हो ।

त्यस्तै लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन गरी प्रतिकित्ता ७९१ रुपैयाँमा झारिएको छ । कम्पनीले विरतण गर्ने पाँच प्रतिशत बोनस शेयर सहित १० प्रतिशत लाभांश पछि शेयर मूल्य समायोजन गरेको हो । कम्पनीको शेयर हिजो प्रतिकित्ता ८३१ रुपैयाँमा कारोबार भएकोमा प्रतिकित्ता ४० रुपैयाँ घटाएर समायोजन गरेको हो ।

दुवै कम्पनीको यही जेठ २८ गते हुने साधारणसभाबाट उक्त लाभांशरु पारित गरी वितरण गर्दैछन् । दुवै कम्पनीले आजदेखि बुक क्लोज गर्ने निर्णय गरिसकेका छन् । हिजोसम्म शेयरधनी दर्ता किताबमा रेडर्क भएका शेयरधनीहरुले मात्रै उक्त लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*