शाइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिणत

१४ जेष्ठ २०७८, शुक्रबार ११:४०

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १३ लाख १२ हजार ५४९ कित्ता संस्थापक शेयर सर्वसाधारण समूहमा परिणत भएको छ ।संस्थापक शेयर सर्वसाधारण समूहमा परिणत पश्चात् अब संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कामय भएको छ । यसअघि बैंकमा संस्थापक समूहको हिस्सा ५४ दशमलव ८५ प्रतिशत र सर्वसाधारण समूहको ४४ दशमलव १५ प्रतिशत रहेको थियो ।

बैंकको हालको चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ४४ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*