खाद्य कम्पनीले अनलाईनमार्फत खाद्यान्न डेलिभरी गर्ने, २ हजार देखी १५ हजार सम्म अर्डर गर्न सकिने

१४ जेष्ठ २०७८, शुक्रबार १२:४५

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निषेधाज्ञाको अवधिमा नेपाल फुड अनलाइन मार्फत खाद्यन डेलिभरी गर्ने भएको छ ।

कोरोना महामारी फैलिरहेको समयमा काठमाडौं जिल्ला प्रशासन कार्यलयले आजदेखि थप एक साताका लागि खाद्यान्न पसलहरु बन्द गर्न निर्देशन दिएकोमा कम्पनीले अनलाईनमार्फत खाद्यान्न सामाग्री डेलिभरी गर्ने निर्णय गरेको हो ।

यस समयावधिमा उपभोक्तलाहरुलाई खाद्य सहज रुपमा उपलब्ध गराउनका लागि कम्पनीले अनलाईन सेवामार्फत डेलिभरी गर्न लागेको कम्पनीको सूचना अधिकारी सर्मिला सुवेदीले बताइन् । यस अवधिमा कम्पनीले अनलाइन विधिलाई निरन्तता दिई अत्यावश्यकका खाद्यान्न सामाग्री उपलब्ध गराई उपभोक्तालाई सेवा दिन लागेको हो ।

कम्पनीका अनुसार निजी क्षेत्रको अन्य अनलाइन प्रयोग नगरी कम्पनीको अनलाइन पोर्टल e-commerce portal: www.nepalfood.gov.np मार्फत नै खाद्यान्न डेलिभरी गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार उपभोक्ताले आफुलाई चाहिएको खााद्यान्न सामाग्री कम्पनीको उक्त वेभसाईटमा गई अर्डर गर्न सकिनेछ । यस अघि कम्पनीले सस्तो डिल र मुकुन्डो नेपालमार्फत खाद्यन बिक्री गरिरहेको थियो । हालको लागि आफ्नै अनलाइनबाटै सेवा दिन लागेको हो ।

सरकारी निर्णय अनुसार कम्पनीको बिक्री कक्षहरु बन्द हुने भएकोले हालको लागि अनलाइन अर्डर र फोन मार्फत उपभोक्ताले खाद्यान्न सामाग्री अर्डर गर्न सक्ने बताएको छ । अहिले उपभोक्ताले करिब २ हजार देखी १५ हजार रुपैयाँ सम्मको खाद्यान्न अर्डर गर्न सक्ने व्यवस्था गरिएको छ ।

गत बर्ष कम्पनीले करिब २ हजार देखी ५ हजार रुपैयाँसम्म अर्डर गर्न पाउने व्यवस्था गरिएको थियो । कम्पनीका अनुसार उपत्यकाको चक्रपथ रिङरोड भित्र र बाहिर (१ कि.मि. सम्मको मोटरबाटो भएको स्थानसम्म) अत्यावश्यकका खाद्यान्न सामाग्रीहरु डेलिभरी गर्ने जानकारी गराएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*