बैंक अफ काठमाडुलाई बीबीबी प्लस रेटिङ

१५ जेष्ठ २०७८, शनिबार ०६:५४

काठमाडौं । बैंक अफ काठमाडुले बीबीबी प्लस रेटिङमा कायमै रहन सफल भएको छ । इक्रा नेपालले बैंक अफ काठमाण्डूलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई पुनः पुष्टि गरेको हो ।

यही १७ मे मा इक्राले सार्वजनिक गरेको विवरण अनुसार बैंक अफ काठमाडुले निष्काशन गर्ने डिबेन्चरलाई पनि एबीबीबी प्लस रेटिङ निर्धारण गरिएको जनाएको छ ।

इक्राले बैंकले क्रेडिट धारणा क्षमता तथा प्रवाह गरेको सेवाको गुणस्तर सम्बन्धी मापन गरेर रेटिङ गरेको जनाएको छ । बैंक अफ काठमाडुको शेयर संरचनामा सरकार नियन्त्रित दुई सार्वजनिक संस्थानको हिस्सा १८ प्रतिशत रहेकोले समेत ट्रिपल बीका लागि योग्य रहेको इक्राले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*