सानिमा लाइफ र नाडेप लघुवित्तको साधारणसभा भोलि

२१ जेष्ठ २०७८, शुक्रबार १९:५६

काठमाडौं । आइतवार (भोलि) सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र नाडेप लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा हुने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। । कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो।
कोभिड महामारीको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सानिमा लाईफले पनि सभा गर्ने तयारी गरेको छ । आईपीओ पस्ताव सहित आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्दै सभाले गत आर्थिक वर्ष ०७६÷७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ ।

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ७ गते स्थगित गरेको छैठौ वार्षिक साधारण सभा जेठ २३ गतेको साधारण सभा गर्ने भएको छ ।
लघुवित्तको सभा रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट नागार्जुन, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे हुने भएको छ।

सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिका वर्षको लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको गर्ने भएको छ ।
डिप्रोक्स लघुवित्तले प्राप्ति गर्न लागेको यस कम्पनीको शेयर कारोबार गत पुस १६ गतेदेखि रोक्का रहेको छ । यस आधारमा साधारण सभाको लागि बुक क्लोजको मिति पनि कम्पनीले सोही बमोजिम हुने जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*