हिमालयन जनरल इन्स्योरेन्सका संस्थापक राजकृष्ण श्रेष्ठको निधन, अस्ताए विकास पूर्वाधारका धरोहर

३० जेष्ठ २०७८, आईतवार १०:५६

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका संस्थापक अध्यक्ष राजकृष्ण श्रेष्ठको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार श्रेष्ठको गत बिहिवार निधन भएको हो । नेपालमा विद्युतीय विकास पूर्वाधारका प्रविधिहरु भित्राउने तथा बहुराष्ट्रिय कम्पनीहरुसँगको सहकार्यमा दर्जनौं विकास पूर्वाधारहरु तयार पार्ने श्रेष्ठले नै हिमालनय जनरल इन्स्योरेन्स कम्पनी संस्थापना गरेका थिए ।

सन् १९५९ मा नविन विद्युतीय प्रविधि नेपाल भित्राउने उद्देश्यले श्रेष्ठले नेपाल कमर्शियल इन्टरप्राईजेज (एनसीई) नामक कम्पनी दर्ता गरेका थिए । श्रेष्ठको सोही कम्पनीकोले नेपालमा पहिलो पटक विद्युतबाट चल्ने ट्रली बस निर्माणको क्रममा प्राविधिक सेवाहरु उपलब्ध गराएर ऐतिहासिक भूमिका निर्वाह गरेका थिए । श्रेष्ठकै नेपाल कमर्शियल इन्टरप्राइजेजले काठमाडौंको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्य बिनायकसम्मको ट्रली बस निर्माण गर्दा आवश्यक इलेक्ट्रिकलसहितको प्राबिधिक डिजाइन तथा निर्माणमा सहयोग गरेकै कारण सम्भव भएको थियो । नेपाल कमर्शियल इन्टरप्राइजेजमार्फत श्रेष्ठले तथा अमेरिकाका बहुराष्ट्रिय क्रम्पनीहरुसँगको सहकार्यमा नेपालमा दर्जनौं विकास परियोजनाहरु भित्राउन सफल भएका थिए ।

नेपालमा टेलिस्कोपिल पुल निर्माण गर्ने प्रविधि भित्राउने श्रेष्ठ पञ्चायतकालिन विकास पूर्वाधारका धरोहर मानिन्छन् । उनले नेपालमा डिजेलबाट सञ्चालन हुने १४ मेगावाटको प्लान्ट जडान गरेका थिए । श्रेष्ले नै संस्थापन गरेका एनसिईले हालसम्म पनि दक्षिण एसियाकै नमुना पुलको रुपमा रहेको कर्णाली पुल निर्माणमा टेलिस्किोपिक टावर तथा अन्य प्राविधिक सहयोग पर्याएका थिए । सन् १९९३ सम्पन्न भएको कर्णाली पुल केवल सस्पेन्सनमा आधारित विश्वकै सबैभन्दा लामो पुल थियो ।

श्रेष्ठले हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमा करिब २० वर्ष नेतृत्व गरेका थिए । ९४ बर्षिय पूर्व अध्यक्ष श्रेष्ठको निधनपछि हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले आज शोक मनाउने निर्णय गरेको छ । सो कम्पनीका सञ्चालक विक्रम कृष्ण श्रेष्ठका बाबु राजकृष्णले जनरल इन्स्योरेन्स कम्पनीमा लामो समय अध्यक्ष रहेर काम गरेका थिए ।

नेपाल कमर्सियल इन्टरप्राईजेज प्रा.लिका सञ्चालक, रञ्जना सिनेमाका सञ्चालक समेत रहेका श्रेष्ठले नेपालमा पञ्चायतकालदेखि नै डेरी प्रडक्ट, सिनेमा हल, उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुको साथै उदाहरणीय समाज सेवा गरेका थिए । उनले नेपालमा पहिलो पटक औषधी आयात गर्न सुरु गरेका थिए ।

समाजसेवी राजकृष्ण श्रेष्ठले आफ्नै पहलमा त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालको भवन सन् १९७८ सालमा निर्माण गरेका थिए । नेपाल रेडक्रस सोसाइटी, अपाङ्गता तथा दृष्टिविहिन संघ लगायतका थुप्रै सस्थामा आबद्ध भई समाज सेवामा योगदान पुर्याएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*