कोरोना कहरकै बीच करको दायरा विस्तार

६ असार २०७८, आईतवार १७:३२

काठमाडौं । सरकारले कोरोना कहरकै बीच करको दायरा विस्तार गरेको छ । चालु आर्थिक बर्षको बैशाखसम्म स्थायी लेखा नम्बर लिने करदाताको कुल सङ्ख्या ४० लाख ४३ हजार सात सय ९४ पुगेको छ। अर्थमन्त्रालय अन्तर्गतको आर्थिक निति विश्लेषण महाशाखाले सार्वजनिक गरेको बुलेटिनमा करको दायरा विस्तार भएको जानकारी गराएको हो ।

यस अवधिमा दर्ता भएका कुल करदातामध्ये व्यवसायिक स्थायी लेखा नम्बर लिने करदाता १५ लाख ९३ हजार ७४(३९.४ प्रतिशत), व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २४ लाख ४१ हजार पाँच सय ८६ (६०.४ प्रतिशत) र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर नौ हजार एक सय ३४ (०.२ प्रतिशत) पुगेको छ ।

यसैगरी मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको सङ्ख्या दुई लाख ८८ हजार सात आठ र अन्तःशुल्कमा दर्ता हुने करदाताको सङ्ख्या एक लाख ११ हजार चार सय ९१ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*