एनआईसी एशिया बैंकको डेबिट कार्ड लिन अब अनलाईनबाटै आवेदन दिन सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले अब डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्डको लागि आवेदन दिन पाउने सुविधा ल्याएको छ ।
बैंकले हालको यस बिषम परिस्थतीलाई मध्यनजर गर्र्दै ग्राहकहरुलाई कार्डमा समस्या आए बैँकसम्म आउनु पर्न बाध्यतालाइ र्चिदै यो सुविधा ल्याएको हो ।जुन सुविधाबाट ग्राहकले जुनसुकै स्थान वा समयान बैंकको आईसर्भिस डिजिटल प्लेटफर्म मार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न पाउने बैंकले जनाएको छ ।
बैकको वेबसाइट तथा मोबाइल बैंकिङं एप मार्फत आई सर्भिस भित्र रहेको कार्ड सर्भिसमा ट्याप गरी डेविट कार्ड रिप्लेसमेनट मार्फत हराएको वा बिग्रिएको कार्डको सट्टामा नयाँ कार्डको लागि अनुरोध गर्न सकिने बैकले जनाएको छ ।