एकसाता पछि बल्ल बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

७ असार २०७८, सोमबार ११:४२

काठमाडौँ । आज सुनको मूल्य उकालोतर्फ लागेको छ । एक सातादेखि निरन्तर घटिरहेको सुनको मूल्य आज सोमबार भने बढेको हो ।

सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँ र चाँदाीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रुपैयाँ, तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय ५० रुपैयाँ कायम गरिएको छ ।
साथै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेर आजका लागि १ हजार ५ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

हिजो आईतबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ, तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ९० रुपैयाँ रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*