दुई गुणाले बढेको खाने तेलको मूल्य घट्यो, कुन तेलको मूल्य कति ?

७ असार २०७८, सोमबार १२:००

काठमाडौँ । कोरोना महामारीको बीचमा लगातार बढेको खाने तेलको मूल्य घटेको छ । खाने तेलको मूल्य दुई गुणाले नै बृद्धि भएपछि महामारीको समयमा सर्वसाधारणलाई सास्ती परेको थियो ।

दुई गुणाले बढेको खाने तेलको मूल्यमा चौतर्फि आलोचना भएपछि प्रतिलिटर २० देखि २५ रुपियाँले घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएका कारण मूल्य घटेको विभागले दाबी गरेको छ ।

विभागका महार्निर्देशक प्रकाश पौडेलकै नेतृत्वमा अनुगमन टोलि गठन भई उद्योग मै पुगेर कच्चा तेलदेखि उत्पादन लागतसम्मको अनुगमन गरेर तेलको भाउ घटाउन सफल भएको दाबी विभागको रहेको छ ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार आज बजारमा भटमासको तेल प्रतिलिटर २७० रुपियाँ, सूर्यमुखी तेलको प्रतिलिटर २७५ रुपियाँ, सनफ्लावर धारा हेल्थ प्रतिलिटर २७० रुपियाँ, तोरीको तेल प्रतिलिटर ३२० रुपियाँ कायम गरिएको छ ।

खाने तेलको मूल्य उद्योगमा मात्र घटेर उपभोक्ताले त्यसको लाभ लिन नपाउने भएकाले अन्य लियरमा पनि अनुगमन हुनुपर्ने उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसिना बताउछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*