नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

७ असार २०७८, सोमबार १३:००

काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज दिन रहेको छ । कम्पनीले २६ औ बार्षिक सभा र लाभांश वितरण प्रयोजनको लागि मंगलबार बुक क्लोज गर्ने भएसँगै सोमबारसम्म कायम शेयरधनीको लाभांश पाउने भएका छन् ।

कोषले ९ प्रतिशत बोनस शेयर ८ दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी असार १८ गते सभा आह्वान गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*