कुमारी बैंकद्धारा मेलम्ची बाढी पिडितलाई राहत सामाग्री हस्तान्तरण

७ असार २०७८, सोमबार १३:०९

काठमाडौँ । सिन्धुपाल्चोको जिल्लाको मेलम्ची नगरपालिकामा लगातारको भारी वर्षा पछि आएको बाढीका कारण घरबार विहिन भएका बाढी पिडिललाइ कुमारी बैंकले राहत स्वरुप सामाग्री सहयोग गरेको हो ।

राहत सामाग्री कुमारी बैंक मेलम्ची शाखा प्रमुख बिनोद श्रेष्ठले मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्याललाई बाढी पिडितका लागी ३०० थान दैनिक उपभोग्य खाद्य सामग्री, अस्थायी बसोबास गर्नका लागी टेन्ट, ५०० कम्बल, महिलाहरु तथा शिशुहरुका लागि प्रयोग हुने अत्यावश्यक सामग्री तथा अत्यावश्यक औषधिहरु हस्तान्तरण गरेका हुन् ।

विपतमा आत्मबललाई उच्च राखी विपतसंग सामना गर्नु पर्न बेला गरिने सानो सहयोगले पनि पिडितजनलाई ठुलो राहत हुने भएकाले बैंकले सहयोग उपलब्ध गराएको जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*