के.सी.एल. अस्ट्युट क्यापिटल अब गरिमा विकास बैंकको सहायक कम्पनी हुने

७ असार २०७८, सोमबार १४:२९

काठमाडौं । के.सी.एल. अस्ट्युट क्यापिटल अब गरिमा विकास बैंकको सहायक कम्पनी हुने भएको छ । बैंक र क्यापिटबीच शेयर स्वामित्व खरीद गर्ने सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र के.सी.एल.का तर्फबाट कम्पनीका अध्यक्ष दीपक पाण्डेयले शुक्रवार हस्ताक्षर गरेका हुन् ।

यस सम्झौतापश्चात् के.सी.एल. अस्ट्युट क्यापिटल लिमिटेडमा गरिमा विकास बैंकको ५१ दशमलव २० प्रतिशत शेयर स्वामित्व कायम भएको छ । त्यस्तै के.सी.एलको नाम परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*