घटेको बजारमा लगानीकर्ताहरुको आकर्षण ऋणपत्रमा

७ असार २०७८, सोमबार १६:०६

काठमाडौं । सोमबार नेप्सेमा सूचीकृत २२७ कम्पनीका २ करोड २५ लाख २२ हजार ४ सय ९१ कित्ता शेयर खरिद बिक्रि हुँदा साढे ११ अर्ब माथिको शेयर कारोबार भएको छ। नारायणी डेभलपमेन्ट बैंकका शेयरधनीहरुले सर्वाधिक कमाएका छन्। यो बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।

त्यस्तै, एचआईडिसिएलको शेयर ४ दशमलव ३३ प्रतिशत ,एनबिबिएल डिबेंचरको ३ दशमलव ६५, एसबिएल डिबेंञ्चर २ प्रतिशत, नबिल बैंकको डिबेंञ्चरको २ दशमलव, लक्ष्मी बैंकको डिभेञ्चर १ दशमलव ९९ र प्रभु बैंक डिभेञ्चर १ दशमलव ९१ प्रतिशतले अकंले वृद्धी भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*