एशियन लाइफ इन्स्योरेन्सले वेल्थ म्यानेजमेन्टको शेयर खरिद गर्ने

७ असार २०७८, सोमबार १६:२१

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैकिङ लिमिटेडको सेयर खरिद गर्ने भएको छ ।

आज सेयर स्वामित्व खरिद गर्नेसम्बन्धी भएको सम्झौता भएअनुसार कम्पनीले बैंकको ५१ प्रतिशत सेयर स्वामित्व खरिद गर्ने भएको हो । सम्झौतापत्रमा एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र वेल्थ म्यानेजमेन्टका अध्यक्ष सचिन सिलवालले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात वेल्थ म्यानेजमेन्ट बीमा क्षेत्रमा एसियन लाइफको पहिलो सहायक कम्पनी हुनेछ ।  सेयर स्वामित्व परिवर्तनपछि वेल्थ म्यानेजमेन्टको नाम परिवर्तन गरी एशियन क्यापिटल लिमिटेड हुने जनाइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*