सोमबार सर्वाधिक कमाउने र गुमाउने कम्पनी

७ असार २०७८, सोमबार १६:५४

काठमाडौं । आज सोमबार २२७ कम्पनीको २ करोड २५ लाख २२ हजार ४९१ शेयर खरिदबिक्री भएको छ । आज नेप्से उच्च अंकले घट्दा पनि साढे ११ अर्ब भन्दा माथिको कारोबार भएको छ ।

आज नारायणी विकास बैंकको ९ दशमलव ९७ प्रतिशत अंकले बृद्धि भई सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, एचआइडिसिएलको ४ दशमलव ३३ प्रतिशत अंक, एनबिबिएल डिबेन्चरको ३ दशमलव ६५ प्रतिशत अंक र नबिल डिबेन्चरको २ प्रतिशत अंकले बृद्धि भई सर्वाधिक कमाउन सफल भएको छ ।

त्यस्तै आज पोखरा फाइनान्सको ९ दशमलव २६ अंकले घटेको छ । युनिभर्सल पावर कम्पनीको ९ दशमलव १२ प्रतिशतले घटेको छ भने युनियन हाइड्रोपावरको ८ दशमलव ८१ प्रतिशत अंकले घटेको हो । लगत्तै हिमाल दोलखा हाइड्रोपावरको ८ दशमलव ६२ प्रतिशत अंक र लिबर्टी इनर्जी कम्पनीको ८ दशमलव ५२ अंकले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*