नेपाल एग्रो र नागरिक लगानी कोषको शेयर मूल्य समायोजन

८ असार २०७८, मंगलवार ११:३५

काठमाडौं । आज नेप्सेद्धारा दुई कम्पनीको शेयर मुल्य समायोजन गरेको छ । नेप्सले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र नागरिक लगानी कोषको आज असार ८ गते मंगलबार शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले नेपाल एग्रो लघुवित्तको १४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपछि लघुवित्तको शेयरमूल्य ५४९ रुपैयाँ कायम गरिएको छ । त्यस्तै नागरिक लगानी कोषको ९ प्रतिशत शेयर समायोजन गरी कोषको शेयर मूल्य ३ हजार ७४३ रुपैयाँ कायम गरिएको हो ।

अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी दुई कम्पनीको शेयरमूल्य नेप्सले समायोजन गरेको हो । नेपाल एग्रोको ६२६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने नागरिक लगानी कोषको ४ हजार ८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*