निषेधाज्ञा खुकुलो भएसँगै सुनचाँदीको मूल्य बढोत्तरी, कतिमा हुँदैछ कारोबार ?

८ असार २०७८, मंगलवार ११:५१

काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै सुनचाँदीको मूल्य फेरी उकालोतर्फ लागेको छ । एकसातादेखि घटेको सुनको मूल्य हिज र आज बढोत्तरी भएको हो ।

आज मंगलबार सुनचाँदी दुबैको मूल्य बढेको छ । सुन तोलामा ५ रुपौयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । हिजो पनि सुनको मूल्य तोलामा ४ सय रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँ बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँ कायम गरिएको छ ।

हिजो छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रुपैयाँ, तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय ५० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

उपत्यकाका तीन जिल्ला सिडिओको आइतबार बसेको निर्णयअनुसार आजदेखि निषेधाज्ञा खुकुलो गरिएको छ । जसअनुसार आइतबार, मंगलबार र बिहिबार सुनचाँदलीका पसल खोल्न दिने निर्णय भएको थियो । निषेधाज्ञा खुकुलो भएपछि सुनचाँदीका पसलहरु आज खुलेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*