राधी विद्युत कम्पनीको बार्षिक साधारण सभा असार २९ गत, एजेण्डाहरु यस्ता छन्

८ असार २०७८, मंगलवार १२:२६

काठमाडौं । राधी विद्युत कम्पनीले असार २९ गते वार्षिक साधारण सभा आह्वान गरेको छ।कम्पनीले सभामा ३६ दशमलव ५ प्रतिशत बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले उक्त प्रस्तावमा बोनसमा लाग्ने कर तिर्न नगद लाभांश अघि बढाएको छैन । तसर्थ, शेयरधनी आफैले बोनसमा लाख्ने कर जम्मा गर्नुपर्ने हुन्छ ।

यस्तै, उक्त बोनस वितरणपछि कायम हुने चुक्ता पुँजीमा १४७.५२% हपकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।

कम्पनीले सभा गर्न असार १५ गतेदेखि बुक क्लोज गर्नेछ । त्यसैले असार १४ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*