असार १६ गतेदेखि सिद्धार्थ क्यापिटलले खुलामुखी योजना बिक्री गर्दै

८ असार २०७८, मंगलवार १२:४०

काठमाडौं । सिद्धार्थ क्यापिटलले म्युचुअल फन्ड अन्तर्गतको ‘सिद्धार्थ व्यवस्थित लगानी योजना’ बिक्री गर्ने भएको छ ।

क्यापिटलले असार १६ गतेदेखि सिद्धार्थ म्युचअल फन्ड अन्तर्गत सिद्धार्थ व्यवस्थित लगानी योजनाको २ करोड इकाई बिक्री खुल्ला गर्न लागेको हो । क्यापिटलको यस खुलामुखी म्युचअल फण्ड योजनामा प्रतिइकाई १० रुपैयाँका दरले बिक्री गर्न लागेकोे जनाएको छ ।

क्यापिटलका अनुसार यस म्युचुअल फण्ड योजना अन्तर्गतको सिद्धार्थ व्यवस्थित लगानी योजनाको सुरुको आकारको ५ प्रतिशत योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल र १० प्रतिशत इकाई कोष प्रबद्र्धक सिद्धार्थ बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ ।

क्यापिटलका अनुसार लगानीकर्ताले असार २० गतेसम्म आवेदन दिन सक्नेछन् । सो समय अवधिभित्र सबै इकाई बिक्री नभएमा असर ३० गतेसम्म आवेदन खुल्ला रहने क्यापिटलले जनाएको छ । धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट लगानीकर्ताले आवेदन दिन सक्नेछन् । साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*