लुम्बिनी जनरल इन्स्योरेन्सको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गराएको छ।इन्स्योरेन्सले जेठ १३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गराएको सूचना मार्फत जानकारी गराएको छ।
साथै कम्पनीले सो मिति पश्चात बैंक खाता अद्यावधिक गर्ने शेयरधनीको हकमा समेत बैंक खातामै लाभांश जम्मा गरिदिने जनाएको छ ।इन्स्योरेन्सले हालसम्म आफ्नो शेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई यथाशीघ्र रुपमा शेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराई समयमा नै नगद लाभांको हकदार बन्न आग्रह गरेको छ।