इन्फिनिटी लघुवित्तले विभिन्न पदका लागि माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

८ असार २०७८, मंगलवार १३:३०

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले सूचना जारी गर्दै अनुभवी र ग्रामिण क्षेत्रमा काम गर्न प्रतिबद्ध कर्मचारीहरुको आवश्यकता भएको भन्दै विभिन्न पदका लागि कर्मचारी माग गरको हो ।

संस्थाले अधिकृत, वरिष्ठ अधिकृत र सहायक अधिकृतका लागि केही, शाखा प्रमुखका लागि केही कर्मचारीको माग गरेको हो ।

२९ जिल्लामा ५९ वटा शाखा शाखाहरु संचालनमा आएको संस्थाले विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने संस्थाले जनाएको छ ।

कति चाहिन्छ शैक्षिक योग्यता ?

कम्पनीले विभिन्न पदको लागि विभिन्न शाखाहरुका लागि कर्मचारी माग गरेको छ । वरिष्ठ अधिकृत र अधिकृत पदको लागि कम्तिमा स्नातक तह वा सो सरहको परिक्षा उत्तीर्ण गरि बैंक तथा वित्तीय संस्थामा कम्तिमा ५ वर्ष काम गरेको वा कुनै पनि विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत स्तरमा कम्तिमा १ वर्ष काम गरेको वा अधिकृत पदका लागि चार्टड एकाउन्टेन्ट्स (सीए) पास गरी बैंक तथा वित्तीय संस्थामा १ वर्ष काम गरेको अुनभव हुनु पर्दछ ।
सहायक प्रबन्धको लागि सीए उत्तीर्ण गरेको वा कुनै पनि विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्था वा सरकारी वा अर्धसरकारी संस्थामा अधिकृत स्तरमा कम्तिमा २ वर्षको कार्य अनुभव वा स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत स्तरमा कम्तिमा ४ वर्ष काम गरेको हुनुपर्दछ ।

 

संस्थाले प्रकाशित गरेको सूचना ः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*