ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखा आजबाट खुल्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकको आजबाट उपत्यकाका सबै शाखा खुल्ने भएको छ ।
उपत्यकाको तीन जिल्लाका सिडिओको आइतबार बसेको बैठकको निर्णयअनुसार आजदेखि बैंक तथा वित्तीय संस्थाको सम्पूर्ण शाखा संचालनमा आउन पाउने भएपछि ग्लोबल आइएमई बैंकले सूचना जारी गर्दै आफ्ना ग्राहकवर्गहरुलाई बैकिङ सेवा प्रदान गर्न उपत्यकाका सम्पूर्ण शाखा आजबाट खुला रहने जानकारी गराएको हो ।