यी हुन आज सर्वाधिक कारोबार गर्ने कम्पनी

८ असार २०७८, मंगलवार १५:२०

काठमाडौं । शेयर बजारमा एक साता पछि पुनः रौनकता छाएको छ । गत मंगलबारदेखि निरन्तर ओरालो लागेको बजारमा एक सातापछि पुन : हरियाली छाएको छ ।

आज २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता शेयर किनबेच हुँदा १० अर्ब भन्दा माथीको कारोबार भएको छ । नेप्से ७९ अंकले बृद्धि हुँदा नेपाल पुर्नर्बीमा कम्पनीको १ अर्ब ४९ करोड ३२ लाख ५३ हजार ७१२ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, एचआइडिसिएलको ३२ करोड रुपैयाँ, नेशनल हाइड्रोपावर कम्पनीको २६ करोड, नेपाल इन्फ्रास्ट्रक्चरको २० करोड र लुम्बिनी विकास बैंकको १८ करोड भन्दा माथिको कारोबार भएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*