नेप्से ७९ अंकले बढ्दा नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ४९ करोड माथिको शेयर कारोबार

८ असार २०७८, मंगलवार १५:३५

काठमाडौं । दुई दिनसम्म लगातार घटेको नेप्से आज बढेको छ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ७९ दशमलव ४३ अंकले बढेर २९१३.८४ विन्दुमा कायम भएको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत लाभांश घोषणा गरेसँगै कम्पनीको शेयर खरिद बिक्रीमा लगानीकर्ताको आकर्षण देखिएको छ । कम्पनीको आज एकैदिन १ अर्ब ४९ करोड माथिको शेयर कारोबार भएको छ ।

आज २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता शेयर किनबेच हुँदा १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेको १३ उपसूचक समूहमा आज हरियाली छाएको छ । आज सर्वाधिक जीवन बीमा समूहमा ३८७ दशमलव ८५ अंकले बृद्धि भएको छ ।
त्यस्तै बैकिङ समूहमा ४४.३१ अंक, व्यापार समूहमा २१.५४ अंक, होटल तथा पर्यटन समूहमा १०९.९५ अंक, विकास बैंक समूहमा २५१.३३ अंक, जलविद्युत् समूहमा १५०.०१ अंक, वित्त समूहमा १२७.६ अंक, निर्जीबन बीमा समूहमा ३७५.२३ अंक, उत्पादन तथा प्रशोधन समूहमा १६२.४१ अंक, अन्य समूहमा ३४.८२ अंक, लघुवित्त समूहमा ६४.९ अंक, म्युचुअल फण्ड समूहमा ०.२१ अंक र लगानी समूहमा ४.५८ अंकले बृद्धि भई हरियाली छाएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*