नेप्सेमा हरियाली छाँउदा यी कम्पनीको शेयरमा लाग्यो पोजेटिभ सर्किट

८ असार २०७८, मंगलवार १५:४७

काठमाडौं । नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ शेयर कित्ता खरिद बिक्री हुँदा आज १० अर्बमाथिको शेयर कारोबार भएको छ। शेयर बजारमा एक साता पछि पुनः रौनकता छाएको छ । गत मंगलबारदेखि निरन्तर ओरालो लागेको बजारमा एक सातापछि पुन : हरियाली छाएको हो ।

आज ३२ वटा कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । नेप्सेमा सूचीकृत जानकी फाइनान्सको, बरुण हाईड्रोपावर, हाईड्रोइलेक्टसीटी इनभेष्टमेन्ट डाङी गु्रप पावरको १० प्रतिशत अकं, पन्चकन्या माई हाईड्रोपावरको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

रादी जलविधुतको शेयर ९९ दशमलव ९९ प्रतिशत, जोशी हाईड्रोपावरको शेयर ९ दशमलव ९६ प्रतिशत, कालिका पावर कम्पनीको शेयर ९ दशमलव ९५ प्रतिशत, युनियन हाईड्रोपावरको शेयर ९ दशमलव ९४ प्रतिशत र घलेम्दी हाइड्रोको शेयर ९ दशमलव ९३ प्रतिशत अकंले बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*