लगानी बोर्डले वैदेशिक लगानी भित्र्याउन दुई जलविद्युत् आयोजनालाई दियो स्वीकृति

८ असार २०७८, मंगलवार १६:२१

काठमाडौं । दुई ठूला जलविद्युत् आयोजना बनाउन लगानी बोर्डले वैदेशिक लगानी स्वीकृत गरेको छ । आज बोर्डले ९७ अर्ब रुपैयाँ वैदेशिक लगानी स्वीकृत गरेको हो ।

आज (मंगलबार) प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले तमोर मनाङ म्स्र्याङदी आयोजना बनाउनका लागि सो रकमको स्वीकृत दिएको हो ।

यी दुई आयोजना चिनियाँ लगानीमा बन्ने भएका हुन् । लगानी बोर्डको ४७ औं बैंठकको निर्णयअनुसार बोर्डले ७६५ मेगावटको तमोर जलासयुक्त आयोजना र १४० मेगावटमा मनाङ मस्र्याङदी जलविद्युत आयोजना बनाउन सो रकम स्वीकृत गरेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*