मनकामना स्मार्ट लघुवित्तको आईपिओमा आवेदन खुल्ला, असार १७–२१ गतेसम्म आवेदन भर्न पाइने

९ असार २०७८, बुधबार १०:२३

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट आईपिओ जारी गर्न अनुमति पाएको मनकामना स्मार्ट लघुवित्तको आईपिओको बिक्री खुल्ला गरेको छ । सो कम्पनीको आईपिओ आगामी असार १७ गतेदेखि भर्न पाउने गरी आवेदन खुल्ला गरिएको हो । आज प्रकाशित सूचना अनुसार असार २१ गतेसम्म आवेदन दिन पाइनेछ ।

सो कम्पनीले कूल तीन लाख ८९ हजार कित्ता शेयरको आईपिओ जारी गर्न लागेको छ । कम्पनीको चुक्ता पुँजि १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतले हुन आउने तीन लाख ८९ हजार कित्ता आईपिओ सर्वसाधारणको लागि जारी गर्न लागेको जनाएको छ ।

सो आईपिओ मध्ये कर्मचारीलाई ६०५८ कित्ता र १९४५० कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ता शेयर सर्वसाधारणको लागि वितरण गरिने आज प्रकाशित सुचनामा जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*