अपि पावरको हकप्रद शेयरमा आवेदन दिने समय थपियो

९ असार २०७८, बुधबार ११:१७

काठमाडौं । अपि पाव कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । कम्पनीलपे जेठ २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवदेन दिन मिति थप गरिएको हो ।

सो हकप्रद शेयरमा अब असार १३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०.२९३८ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद बिक्री खुला गरेको हो ।

कम्पनीले हकप्रद शेयर निष्काशनका लागि वैशाख २९ गते बुकक्लोज गरेको थियो । सो अनुसार बुकक्लोज हुनु भन्दा अघि यानिकी वैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा आवदेन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकका रुपमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले मेरोशेयरबाट आवेदन दिन सक्नेछन् । साथै कम्पनीक अनुसार मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*