सुनचाँदीको मूल्य फेरी घट्यो, कतिमा हुँदैछ कारोबार ?

९ असार २०७८, बुधबार ११:५९

काठमाडौं । सुनचाँदीको मूल्य फेरी ओरालोतर्फ लागेको छ । दुई दिनयता बढ्न थालेको सुनचाँदीको मूल्य आज बुधबार फेरी सामान्य घटेको छ । सुनको मूल्य आज तोलामा ३ सयले र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज लागि छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ कायम गरिएको छ ।

हिजो मंगलबार भने छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँँमा कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*