आदर्श लघुवित्तको तेस्रो बार्षिक साधारणसभा असार ३१ गते, यस्ता छन् एजेण्डाहरु

९ असार २०७८, बुधबार १२:२४

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले असार ३१ गते तेस्रो वार्षिक साधारण सभा डोकेको छ । लघुवित्तले केन्द्रीय कार्यालय, बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सभा आह्वान गरेको हो । लघुवित्तको असार ८ गते सम्पन्न संचालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो ।

सभाले हाल कायम जारीपूँजीको ३० प्रतिशतले हुन आउने शेयर रकमको आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने भएको छ । त्यस्तै, यस कम्पनी र अन्य कुनै लघुवित्त एक आपसमाा गाभ्ने/गाभिने र प्राप्ति हुने कार्यसँग सम्बन्धित आवश्यक सम्पूर्ण कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*