अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर पुनः लिलामीमा

९ असार २०७८, बुधबार १२:३७

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले हकप्रद शेयरमा नबिकेको शेयर आजबाट लिलामीमा बिक्री गर्ने भएको छ ।

कम्पनीले गत वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेकोमा बाँडफाँड भइ बाँकी रहेको वा बिक्री नभएको शेयर लिलामीमा ल्याई बिक्री गर्ने भएको हो ।

कम्पनीले हकप्रद शेयरमा नबिकेको सर्वसाधारण समूहको ४ लाख ३५ हजार ८९४ कित्ता लिलामीमा निष्काशन तथा बिक्री गर्न लागेको जनाएको छ । सो लिलामी शेयर आवेदनका लागि लगानीकर्ताले यहि असार १६ गतेसम्म बोलपत्र बुझाउनुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ साथै आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्ने र अधिकतममा कुनै हद नलाग्ने कम्पनीले जनाएको छ ।
विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*