सिभिल बैंकद्धारा ऋणपत्र निष्कासनका लागि बोर्डमा आवेदन

९ असार २०७८, बुधबार १३:४३

काठमाडौं । सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ । बैंकले जेठ २४ गते ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशनका लागि बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीले १२ लाख कित्ता सर्वसाधारणको लागि विक्री गर्ने र १८ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्ने जनाएको छ । १० वर्षे अवधि रहेको सो ऋणपत्रमा वार्षिक ९ प्रतिशत व्याजदर रहने कम्पनीले जनाएको हो ।

विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*